असोज ४ – आज अन्तर्राष्ट्रिय शान्ति दिवस, शान्तिका लागि सहकार्य : सबैका लागि सम्मान भन्ने नाराका साथ मनाईंदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
राष्ट्रसंघको ५६ औँ वार्षिक साधारण सभाले प्रस्ताव पारित गरी विश्वव्यापी रुपमा हिंसा र युद्धको समाप्तिको दिनको रुपमा आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेपछि नेपालले २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो ।
आइतबार संविधानसभाबाट शान्तिपूर्ण तरिकाले नेपालको संविधान २०७२ जारी भएकाले शान्ति दिवसलाई अझ महत्वका साथ हेरिएको छ । दिवसका अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले लोकतान्त्रिक शासन पद्धति, दिगो शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।
उहाँले एक दशक लामो सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तण गरी शान्ति सम्झौताले निर्देश गरेबमोजिम संविधानसभाबाट संविधान जारी गर्न सकेकोमा खुशी व्यक्त गर्नुभएको छ ।
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…