६ महिनाको आर्थिक बृद्धिदर ६.७ प्रतिशत

६ महिनाको आर्थिक बृद्धिदर ६.७ प्रतिशत

prime-minister

फाल्गुण १८ ।  २०७५ सालको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालको अर्थतन्त्र ६.७ प्रशितले विस्तार भएको अर्थमन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ। दोस्रो त्राइमासको प्रगतिविवरण सार्वजनिक गर्दै मन्त्रालयले यो अवधिमा नेपालको आर्थिक बृद्धिदर सोही अंकमा भएको जानकारी दिएको छ।

चालु वर्षको बजेटबाट ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको सरकारले पहिलो छ महिनामा लक्ष्यभन्दा १।३ प्रतिशतले पछि परेको छ। यद्यपी पछिल्लो छ महिनामा खर्च धेरै हुने र लक्ष्यभन्दा केही बिन्दुलेमात्र पछि रहने अर्थ मन्त्रालयका अधिकारीको विश्वास छ। चालु वर्षको छ महिनामा सरकारले कूल बिनियोजित बजेटको २८।६ प्रतिशत खर्च गरेको छ। १३ खर्ब १५ अर्ब बिनियोजन गरेको छ।

सरकारले यो अवधिमा चालुतर्फ २ खर्ब ९६ अर्ब खर्च गरेको छ भने पुँजिगत तर्फ भने ५५ अर्ब ५२ करोडमात्र गरेको छ। वित्तीय व्यवस्था शिर्षकबाट सरकारले ६ महिनामा २३ अर्ब ७२ करोड खर्चिएको छ।

चालु खर्च राम्रैसँग गरेपनि पुँजी निर्माण हुने र जसले गर्दा अर्थतन्त्रको विस्तारलाई सहयोग गर्ने पुँजीगत खर्च भने उत्साहजनकरुपले बढ्न सकेको छैन। पहिलो छ महिनामा खर्चको गति बढाउन नसकेको सरकारले राजस्व पनि लक्ष्यअनुसार उठाउन सकेको छैन। छ महिनामा ४ खर्ब २९ अर्ब राजस्व उठाउने लक्ष्य लिएको सरकारले ४ खर्ब २ अर्ब रुपैयाँमात्र संकलन गर्न सफल भएको छ।

अर्थमन्त्रालयले कर प्रशासन सुधारका लागि प्रयास गरेको बताएको छ। यो अवधिमा एक मध्यमस्तरीय कर कार्यालय, ६ आन्तरिक राजस्व कार्यालय, ११ करदाता सेवा कार्यालय र ५ छोटी भन्सारलाइ मूल भन्सारमा रुपान्तरण गरिएको मन्त्रालयले जानकारी दिएको छ। करदाताको सेवाका लागि १ लाखसम्मको राजस्व इपेमेन्टबाट हुने व्यवस्था गरिएको मन्त्रालयले बताएको छ।

यो अवधिमा व्यावसायिक स्थायी लेखा नम्बर लिनेहरु ८५ हजार ४१, व्यक्तीगत स्थायी लेखा नम्बर लिनेहरु ४६ हजार ८३७ थपिएका छन्। यसमा व्यावसायिक स्थायी लेखा नम्बर लिएकमा २० हजार ७४ जना मूल्य अभिबृद्धि करमा र ११ हजार ६१५ अन्तस्शुल्कमा थपिएका छन्।

योसँगै नेपालमा व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या ११ लाख ४ हजार ४९८,व्यक्तीगत स्थायी लेखा नम्बर लिने ८ लाख २० १२ हजार ५१ पुगेका छन्। त्यस्तै मूल्य अभिबृद्धि करमा २ लाख २ हजार ९६५ दर्ता भएका छन् भने ७५ हजार ४७३ अन्तस्शुल्कमा दर्ता भएका छन्।

फाल्गुण १८, २०७५ प्रकाशित

Facebook Comments