४१ जनाको मृत्यु हुनेगरी रुसमा भएको विमान दुर्घटनाको कारण चट्याङ

४१ जनाको मृत्यु हुनेगरी रुसमा भएको विमान दुर्घटनाको कारण चट्याङ

Moscow-plane-fire-1

मस्को । रुसमा भएको विमान दुर्घटनाको कारण खुलेको छ। आकस्मिक अवतरणका क्रममा आगो लागेको विमानमा ४१ जनाको मृत्यु भएको थियो। दुर्घटनामा बाँचेका चालक दलका सदस्य तथा घाइतेहरुका अनुसार विमानमा उडानका क्रममा चट्याङ परेको थियो। चट्याङ परेपछि विमानलाई आकस्मिक अवतरण गराइएको हो। पहिलो पटकमा आकस्मिक अवतरणको प्रयास सफल नभएपनि दोस्रो पटकमा भने चालकहरु विमान अवतरण गराउन सफल भएका थिए। विमानमा अवतरणकै क्रममा आगो लागेको थियो।

रुसी राष्ट्रिय ध्वजाबाहक एयरोफ्लोटुको सुखोई एसएसजे-१०० विमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य सवार थिए।

घाइतेहरुले आकाशमै विमानमा चट्याङ परेको बताए पनि दुर्घटनाको अनुसन्धान गरिरहेको छानबीन समितिले भने यस सम्बन्ध कुनै आधिकारिक वक्तव्य दिएको छैन।

२०७६ बैशाख २४ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments