१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको मिति तय

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको मिति तय

1551621523sag_meeting

फाल्गुण २० ।  नेपालले आयोजना गर्ने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति तय भएको छ । थाइल्याण्डको बैंककमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले आगामी डिसेम्बर १ देखि १२ तारिखसम्म हुने गरी सागको नयाँ मिति तय गरेको हो ।
भारतको गुवाहाटीमा सम्पन्न १२ औ सागमा नेपालले अर्को संस्करणको आयोजना गर्ने बाचासहित झण्डा लिएर आएको थियो । तर समयमै भौतिक पूर्वाधार निर्माणको काम नसकिंदा प्रतियोगिता अन्यौलमा पर्दै आएको थियो ।
यसअघि, यही मार्चमा आयोजना गर्ने तय भएको प्रतियोगिता अन्तिम समयमा आएर डिसेम्बरका लागि सारिएको हो । सागलाई लक्षित गर्दै काठमाडौंको दशरथ रंगशाला र पोखरा रंगशाला निर्माण तीब्र पारिएको छ । यसबाहेक अन्य ठूला भौतिक संरचनाहरुको पनि स्तरोन्नतीको काम भइरहेको छ ।

फाल्गुण २०, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments