१० मिनेटमै सकियो प्रदेशसभा बैठक

१० मिनेटमै सकियो प्रदेशसभा बैठक

pardesh-3

बैशाख ३ । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक मंगलबार १० मिनेटमै सकिएको छ । पर्याप्त बिजनेशन नहुँदा पाँच दिनपछि बसेको बैठक चार विधेयक दफावार छलफलको लागि समितिमा पठाएर स्थगित भएको हो । दिउँसो १ बजेर छ मिनेटमा सुरु भएको बैठक १ बजेर १६ मिनेटमै सकिएको थियोे।

बैठकमा भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले पेश गरेको प्रादेशिक कृषि व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बिउँ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलको लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ ।
सामाजिक विकासमन्त्री युवराज दुलालले पेश गरेको मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको हो । साथै उद्योग, पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालको तर्फबाट सामाजिक विकासमन्त्री युवराज दुलालले पेश गरेको प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको प्रदेशसभा सचिव रामशरण घिमिरेले बताए ।

Facebook Comments