हेटौँडालाई नै स्थायी राजधानी बनाउने प्रदेश ३ का मुख्यमन्त्री पौडेलको भनाई

हेटौँडालाई नै स्थायी राजधानी बनाउने प्रदेश ३ का मुख्यमन्त्री पौडेलको भनाई

dormani-1-780x405

काठमाण्डौ । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडालाई नै स्थायी राजधानी बनाउने बताएका छन् ।

पत्रकार सँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले अस्थायी राजधानी हेटौडालाई नै स्थायी राजधानी बनाउने बताएका हुन् ।

विधि र प्रक्रियाअनुसार अगाडि बढेर हेटौँडालाई स्थायी राजधानी बनाइने उनले बताए । असार मसान्त भित्र सबै प्रक्रिया पूरा गरेर स्थायी राजधानी तोकिने पौडेलको दाबी रहेको छ ।

अहिले तत्काल नीति, कार्यक्रम र बजेट निर्माणमा प्रदेश सरकार व्यस्त भएको उनको भनाई छ ।

Facebook Comments