सोप्याङ कि जलपादेबी मन्दिरमा जारी श्रीमद् देवी भागवत ज्ञान महायज्ञबाट रु. १५ लाख भन्दा बढी सँकलन

सोप्याङ कि जलपादेबी मन्दिरमा जारी श्रीमद् देवी भागवत ज्ञान महायज्ञबाट रु. १५ लाख भन्दा बढी सँकलन

56384119_1025327964337793_5762183215859105792_n

सन्तोष सुवेदी
धार्के, बैशाख १ । धादिङको थाक्रे गाउँपालिको सोप्याङ कि जालापादेबी माई मन्दिमा जारी श्रीमद् देवी भागवत ज्ञान महायज्ञ आज समापन गरिएको छ । मन्दिको जीणोद्धार एवम धार्मिक क्षेत्रको संरक्षण, सम्बर्धन र विकासको सहयोगार्थ श्रीमद् देवी भागवत ज्ञान महायज्ञ लगाईएको वडा अध्यक्ष राम कुमार बस्नेतले बताउनु भयो । प्रमुख बाचक पण्डित पुरुषोतम अधिकारी, हेमन्त रुपाखेती र माधब सुवेदी ज्युको मुखारविन्दबाट वैज्ञानिक विवेचननाका साथै कलाकारहरु द्धारा संगीतमय श्रीमद् देवी भागवत ज्ञान बाचन गरिएको थियो ।
भागवत सप्ताह ज्ञान महायज्ञमा रु १५ लाख भन्दा सँकलन भएको आयोजकले जानकारी दिएको छ । महायज्ञमा थाक्रे ७ का मुतिmबहादुर पण्डित केसिले रु ५० हजार हाल्नुभएको छ । यसैगरी एभरेष्ट ईटा उद्योगबाट ३१ हजार प्राप्त भएको सोप्याङ कि जालापादेबी आमा समूह थाक्रे ७ धादिङ्गकी अध्यक्ष कल्पना अधिकारीले जानकारी दिनु भयो । यसैगरी अन्यहरुले पनि आफ्नो क्षमताले सकेजति आर्थिक दान गरेका थिए । आजको समापन थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यबाट गरिएको आयोजकले जानकारी दिएको छ ।
बैशाख १, २०७६ प्रकाशित

Facebook Comments