सीरियामा हवाई हमला जारी, पाँच सय भन्दा बढीको मृत्यु

सीरियामा हवाई हमला जारी, पाँच सय भन्दा बढीको मृत्यु

95
Syria-Aakraman-780x405

काठमाडौं । युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सीरिया सरकारले विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला जारी राखेको छ । ताजा हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग गरिएको छ ।

राजधानी नजिकको गुटामा विद्रोही नियन्त्रित क्षेत्रमा सीरियाले बमबारी गर्दा पाँच सय भन्दा बढीको मृत्यु भइसकेको छ । बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेनका अनुसार सीरियामा सात वर्षदेखि लडाईं जारी छ र यस क्रममा युद्धविराम शायदै भएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेशले पूर्वी गुटाको हालतलाई ‘पृथ्वीमा नर्क’ जस्तै भएको टिप्पणी गरेका छन् । हवाई र स्थल आक्रमणबाट मृत्यु हुनेहरुको संख्या अधिक छ । आक्रमण भएको क्षेत्रमा लगभग चार लाख व्यक्ति फसेका छन् ।

समाचार एजेन्सी रोयर्टसका अनुसार इरानले युद्ध विरामलाई सम्मान गर्ने छ तर, सीरियाको राजधानी दमास्कस आसपासमा आफ्नो सैन्य कारवाही रोकिने छैन ।

२०७४ फागुन १४ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण