सिरियामा विद्रोही समूहको आक्रमणमा परी २० सैनिकको मृत्यु

सिरियामा विद्रोही समूहको आक्रमणमा परी २० सैनिकको मृत्यु

1527055182_talliwan

फाल्गुण २० ।  सिरियामा बिद्रोहीले सुरक्षा फौजमाथि गरेको आक्रमणमा कम्तिमा २० सैनिकको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । सिरियाली विद्रोही समूहको प्रभाव रहेको हामा क्षेत्रमा सुरक्षार्थ खटिएका फौजमाथि भएको आक्रमणमा उनीहरु मारिएका हुन् । सेनाले गस्ती गरिरहेको बेला विद्रोही समूहले धावा बोल्दा दुई समूहबीच झडपसमेत भएको थियो ।
सोही क्रममा पाँच जना ५ जना विद्रोहीको पनि मृत्यु भएको हामाको ग्रामिण इलाकाबाट युद्ध अनुगमन अधिकारीलाई उद्धृत गर्दै सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

फाल्गुण २०, २०७५ प्रकाशित

Facebook Comments