सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु, ८ घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु, ८ घाइते

accident-1

धादिङ, माघ २४ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभन्ञ्याङमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते भएका हुन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीले जनाएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट खुर्कोटतर्फ आउँदै गरेको बा १५च ९४२२ नम्बरको डबलक्याप बोलेर फिक्कल गाउँपालिका २ चण्डीभन्ञ्याङ्गमा दुर्घटना भएको हो।

दुर्घटनामा परी १ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए । मृतकहरुको पहिचान भइनसकेको र घटनास्थलमा उद्धार कार्य जारी रहेको थापाले जानकारी दिए।
गम्भीर घाईतेमध्य ४ जनालाई उद्धार गरी धुलीखेल अस्पताल तर्फ पठाउँने तयारी भई रहेको छ भने अन्य घाइतेहरुलाई खुर्कोट स्थित सामुदायिक अस्पताल ल्याइँदै छ। घट्नाबारे थप विवरण आउँन बाँकी नै छ।

माघ २४ , २०७५ प्रकाशित

Facebook Comments