सिन्धुलीमा जीप दुर्घटना, एकै गाउँपालिकाका ५ जनाको मृत्यु (अपडेट)

सिन्धुलीमा जीप दुर्घटना, एकै गाउँपालिकाका ५ जनाको मृत्यु (अपडेट)

माघ २४, धादिङ। सिन्धुलीमा जीप दुर्घटनामा एकै गाउँपालिकाका ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिहंका अनुसार सिन्धुलीको फिकल गाउँपालिका २ चण्डी भञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा स्थानीय तिलमाया विक, पुनमान तामाङ, शान्तीमाया श्रेष्ठ, लक्ष्मी विक र अनिता महतको ज्यान गएको हो ।

जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । दुर्घटनाका घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

माघ २४, २०७५

Facebook Comments