सिद्धलेक २ पात्लेका कृषकहरु व्यवसायिक बाख्रापालक उद्यमी बन्दै

सिद्धलेक २ पात्लेका कृषकहरु व्यवसायिक बाख्रापालक उद्यमी बन्दै

65226632_509945989569763_1024089171674791936_n

सिद्धलेक २ खिर्रे धादिङ
असार ९ । सिद्धलेक गाउँपालिका वडा नं २ फाले,पात्ले,खिर्रे,गरमछाप लगायतका महिलाहरुले व्यवहायिक बाख्रापालन शुरु गरेका पाईएको छ । प्रयास नेपाल धादिङले हेफर ईन्टरनेशनल नेपाल र सिद्धलेक गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेको सिद्धलेक साना किसान सबलिकरण कार्यक्रमले सिद्धलेक गाउँपालिका वडा नं २ मा गठित ७ वटा महिला समूहका ५ वटा भन्दा बढी माउ बाख्रापालन गर्ने कृषक सदस्यहरुको व्यवसायीक सीप क्षमता विकास गर्नको लागि ३ दिने उद्यमशीलता तालीमको क्रममा कृषकहरूले व्यवसायिक रुपमा बाख्रापालन थालनी गरेको बताएका हुन् ।

बाख्रापालनमा आधारित व्यवसाियक योजना सम्बन्धि तालिम असार ६ गते शुक्रबारबाट शुरु भई आज आईतबार सिद्धलेक २ खिर्रेमा सम्पन्न भएको हो । तालीममा उद्यमशीलता,सफल उद्यमीमा हुनु पर्ने गुणहरु,बाखा्रपालमा आधारित उद्यम÷व्यवसायको बिश्लेषण छनौट र स्थापनाको बारेमा जानकारी,व्यवसायिक बाख्रापालन योजना निर्माण तरिका लगायतका बिषयमा प्रयास नेपाल धादिङ्गको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले सहजिकरण गर्नु भएको थियो ।

समाजमा महिलाहरुले पनि सामाजिक विकासमा संलंग्न भई कार्य गर्न सक्ने आँट सीप विकास भएको तालिममा सहभागी महिलाहरूले बताएका छन् । सदस्यहरुको बाख्रापालन मार्फत आर्थिक सबलिकरण टेवा पुगेको सिद्धलेक गाउँपालिका वडा नं २ वडाध्यक्ष कमल गुरुङको भनाई रहेको छ । सिद्धलेक गाउँपालिकाले बाख्राको उत्पादन र उत्पादकत्व बढाई कृषकहरुको आम्दानी बृद्धि गर्ने लक्ष्य लिएको र सोही लक्ष्यलाई सहयोग हुने गरी गाउँपालिकाले प्रयास नेपालसँगको सहकार्यमा कार्यक्रम संचालन गरिएको पनि वडाध्यक्ष गुरुङले बताउनु भयो । सिद्धलेक गाउँपालिकाका १ देखि ७ नम्बर वडामा १२ मुल तथा ४७ वटा उपहार समूह मार्फत सामाजिक पुँजी ,निर्माणका साथै बाख्राक‍ो उत्पादन र उत्पादकत्व बृद्धि गर्ने मुल उदेश्यले कार्यक्रम संचालन भएको बताउनु भयो ।
परियोजनाले कृषकहरूलाई खोरगोठ सुधार,कोशे र अकोशे घाँस खेती प्रबर्द्धन ,नश्ल सुधार गर्न प्राविधिक ज्ञान,सीप तथा उन्नत जातको बाख्रा र बिउबोका उपहार दिने गरेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदार अर्यालले बताउनु भयो । यसै गरि भित्री र बाह् परजीवीबाट बचाउन नाम्ले जुका अौषधी खुवाउने ,पिपिआर खोप लगाउने,पशुबस्तुको मृत्युबाट हुने क्षतिलाई ख्याल गर्दै पशुबिमा गर्ने लगायतका कार्यमा गरेको सहजिकरणले पनि कृषकहरूलाई व्यवसायिक बाख्रापालनमा सहयोग पुगेको पनि अर्यालले बताउनु भयो ।
असार ९ गते २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments