सिद्धलेकमा सहकारी व्यवस्थापन सम्बन्धि कार्यशाला

सिद्धलेकमा सहकारी व्यवस्थापन सम्बन्धि कार्यशाला

sahakari1

बुङचुङ धादिङ । सिद्धलेक गाउँपालिकामा रहेको उपहार महिला कृषि सहकारी संस्थाका पदाधिकारीहरुको लागि ३ दिने सहकारी व्यवस्थापन सम्बन्धि कार्यशाला बिहिबार सम्पन्न भएको छ ।

सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्र्तगत महिला समुहमा आबद्ध महिलाहरुहरुद्धारा मात्र गठित उपहार महिला कृषि सहकारी संस्थाका अध्यक्षमा गीता सिलवालको अध्यक्षता तथा दिर्घराज सापकोटाको सहजिकरणमा संचालन भएको कार्यशालामा ग्रामीण विकासमा सहकारीबाट हुने फाईदा सहकारी अवधारणा र परिचय, नेपालमा सहकारी व्यावसायको सिद्धान्त र कानुनी वातावरण,साकोसमा विनियम, नीति तथा कार्य बिधिहरुको महत्व र निर्माणको दायित्व, सहकारीमा सदस्य, सदस्यको लागी योग्यता, सदस्यता प्रदान गर्ने बिधि र सदस्य अभिलेखको बारेमा कार्यशालामा छलफल गरिएको थियो । यसै गरी संचालक समिति,काम कर्तव्य र अधिकार, व्यावसायिक सहकारीमा योजना र योजनाको महत्व तथा निर्माणको जिम्मेवारी, सहकारीमा सुशासन कायम गर्न ध्यान दिनु पर्ने कुराहरु, सहकारीमा ऋण र ऋण परिचालन गर्दा ध्यान दिनु पर्ने कुराहरु, सहकारीमा ऋण व्यावस्थापन र लेखा व्यावस्थापनका महत्वपूर्ण पक्षहरु, प्रभावकारी बैठक संचालनका विधिहरु तथा अभिलेखिकरण बिषयमा प्रशिक्षक दिर्घराज सापकोटा सहजिकरण गर्नु भएको थियो ।

Facebook Comments