सात तले सम्पदा बस्तीको निर्माण अन्तिम चरणमा

सात तले सम्पदा बस्तीको निर्माण अन्तिम चरणमा

nuwakot

नुवाकोट, असार २६ । ऐतिहासिक साततले दरवार क्षेत्र वरपर निर्माण भइरहेको सम्पदा बस्तीको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विदुर नगरपालिका–२ मा रहेको ऐतिहासिक तथा पुराताŒिवक सम्पदा सात तले राष्ट्रिय संग्राहलय वरपरका निजी घरलाई पुरानै शैलीमा निर्माण गरिएको हो ।

१२ वैशाख २०७२ को भूकम्पले क्षति पुगेका साततले दरवार क्षेत्र वरपरका घरलाई पुरानै शैलीमा निर्माणको लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले चासो देखाएपछि अहिले धमाधम बस्ती निर्माणको काम भइरहेको छ । सम्पदा बस्तीमा चार सय २८ घरधुरी समेटिएको छ । नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले दुई सयभन्दा धेरै निजी घरहरू पुरानै शैलीमा निर्माण भइसकेको बताए ।

उनले निजी आवास अनुदान पाउने ४२८ घरलाई सम्पदा बस्तीमा समेटे पनि सय घरलाई अनिवार्य भने नगरिएकाले यो संख्या घट्न सक्ने बताए । मौलिक पहिचान झल्कने खालक घरमा होमस्टे सञ्चालन पर्यटकीय आकर्षकको रूपमा विकास गर्न सकिने भएकाले परम्परागत घर निर्माणमा स्थानीयको चासो बढेको वडा नम्बर २ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए । विशाल नेपालको पहिलो राजधानी, काठमाडौंबाट नजिकै रहेको नुवाकोट दरबार क्षेत्रको ऐतिहासिक र धार्मिक महŒवलाई जीवन्त राख्नका लागि सम्पदा बस्तीले महŒवपूर्ण भूमिका खेल्ने शाहीले बताए ।

असार २६ गते २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments