साझाका थप २० ओटा बिजुली बस आउँदै

साझाका थप २० ओटा बिजुली बस आउँदै

radio rajmarga

फाल्गुण २६, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको संयुक्त लगानीमा साझाका थप २० डिजेल बस वीरगन्ज भन्सारमा आइपुगेका छन् ।
काठमाडौं महानगरपालिकाको ५ करोड र ललितपुर महानगरपालिकाको १ करोड लगानीमा उक्त बस ल्याउन लागिएको हो । हालसम्म युरो ३ मापदण्डका बस सञ्चालनमा आइरहेकोमा युरो ४ मापदण्डका ठूला बस भन्सारमा आइपुगेका हुन् ।

कात्तिकअघि नै आइपुग्ने गरी धेरै पहिले अर्डर गरिएकोमा सप्लायर्सको ढिलाइले गर्दा भर्खरै भन्सारमा आइपुगेको कामनपाले बताएको छ । पहिले सञ्चालनमा आइरहेका साझाका बसभन्दा यी बस अपांगमैत्री रहेको उनले जानकारी दिए ।

फाल्गुण २६, २०७५ प्रकाशित

Facebook Comments