सवारी दुर्घटना बढ्यो त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा

सवारी दुर्घटना बढ्यो त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा

accid

धादिङ – राजमार्गमा सवारी दुर्घटना दैनिक जसो हुन थालेको छ । पुराना सवारी साधन विग्रीएको सडक र सवारी चालकहरुको लापरवाहीका कारण दैनिक जसो सवारी दुर्घटना हुने गरेको हो । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा आजकाल दैनिक जसो साना ठुला दुर्घटना हुने गरेको छ । गत सालहरुमा भन्दा दुर्घटनामा केही कमी आएको भए पनि अझै अपेक्षाकृत रुपमा सवारी दुर्घटनामा कमी ल्याउन नसकेको प्रहरीको भनाई छ । सामान्य तय पानी पर्ना साथ राजमार्गमा कुनै न कुनै सवारी दुर्घटना हुने गरेको छ । विषेश गरी राजमार्गमा सवारी हाँक्नेहरुले रातको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउदा धेरै दुर्घटना हुने गरेको पाईएको छ भने राजमार्गको ठाँउ ठाँउमा भएको होडिङ्ग बोडहरुका कारणले पनी सवारीका साधनहरु दुर्घटनामा पर्ने गरेको पाईएको छ । सवारी चालकहरुले क्षता भन्दा बढी भार बेक्ने भएकोले गर्दा पनि सवारीको अवस्थाका कारण पनि कति पय दुर्घटना हुने गरेको छ । राजमार्गका ठाँउ ठाँउमा ट्राफिक संकेतहरु नहुदा झनै समस्या भएको सवारी चालकहरुको भनाई छ यो पनी सवारी दुर्घटनाको कारण भएको सवारी चालकहरुको दावी रहेको छ । मानव अतिक्रमणका कारण राजमार्ग मिचेर बनाईएका घरटहराहरु र राजमार्गका छेउछाउमा रहेका ब्यापारीक झुपडी र पानीका नुहाउने धाराहरु समेत दुर्घटनाका कारण रहेको खुलेको छ । उत प्रहरीले भने राजमार्गमा खुल्ल रुपमा मदिराको विक्रि गर्ने भएका कारण सवारी चालकहरुले मदिरा सेवन गरेर सवारी हाक्ने भएकोले दुर्घटना बढेको प्रहरीको दावी गरेको छ । सवारी दुर्घटनामा कमी ल्याउनका लागी धादिङमा प्रहरीले विभिन्न कार्यक्रमहरु गरेको भए ता पनी त्यको सकारात्मक प्रभाव भने सवारी चालकहरुमा नपरेका कारण दुर्घटनामा कमी नआएको हो । यस वर्ष सवारी दुर्घटनामा परी मानवीय क्षती भने गत सालको तुलनामा निकै कम रहेको छ ।

Facebook Comments