सवारीसाधनको सडक उपभोग दस्तुर बढ्यो

सवारीसाधनको सडक उपभोग दस्तुर बढ्यो

traffic-compressor

काठमाडौं,चैत्र २१ । सरकारले सवारीसाधनको सडक उपभोग दस्तुर वृद्धि गरेको छ । सरकारले साविकको दस्तुरमा १५ देखि ३० प्रतिशतसम्म वृद्धि गर्दै नयाँ दररेट तोकेको हो । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले केही दिनअघि बसेको मन्त्रिषरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् ।

यसअनुसार हेटौडा सडक खण्डमा हेभी सवारीलाई १३०, कार, जिपलाई ६० र मोटरसाइकल, तीनपाङ्ग्रेलाई ४० रुपैयाँ कायम गरिएको छ । यस्तै दमक–इटहरी सडकमा क्रमशः १२५, ५० र १० रुपैयाँ कायम गरिएको छ । बिराटनगर–धरान सडकमा ७०, २५ र १० रुपैयाँ दस्तुर तोकिएको छ भने काँकडभिट्टा–दमकमा ७५, ३०, १०, हेटौंडा–वीरगञ्जमा ८५, ५० र १० रुपैयाँ दस्तुर कायम गरिएको छ ।
वीरगञ्ज–पथलैयामा ५०, २० र १० रुपैयाँ कायम गरिएको छ । यस्तै धुलिखेल–खुर्कोटमा ११५, ५० र १५ रुपैयाँ र पाँचखाल–मेलम्चीमा क्रमशः ५०, १५ र ५ रुपैयाँ दस्तुर तोकिएको छ ।
चैत्र २१, २०७५ प्रकाशित

Facebook Comments