सबिन लामाको ‘सानो पाईला’ अन्तर्गत ‘काठमाण्डौ शहर’ बजारमा (भिडियो सहित)

सबिन लामाको ‘सानो पाईला’ अन्तर्गत ‘काठमाण्डौ शहर’ बजारमा (भिडियो सहित)

kathmandu sahar

सन्तोष सुवेदी
बैशाख १३ । धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेबेशीका राष्ट्रिय गायक सबिन लामाको सानो पाईला एल्वम अन्तर्गत काठमाण्डौ शहर बजारमा आएको छ । गायक सबिन लामाको आवाज र राम लामाको शब्द तथा कृष्ण गुरुङ र सबिन लामाको लय रहेको यस गीत सबिन लामा सानो पाईला युट्युव च्यानेलमा बिहिबार रीलिज भएको हो ।
नेपालको बेरोजगारी अनि देशमा काम पाए पनि जिवन निर्बाह गर्न नसक्ने अबस्था र बिदेशीनु पर्ने बाध्यतालाई यस गीतले देखाएको छ । बैदेशिक रोजगारीमा जाँदा घर परिवारको माया, त्यहाँ काम गर्दा पाएको दुःखलाई जस्ताको तस्तै उतार्न सफल भएका छन् गायक सबिन लामा ।

गायक सबिन लामाका अरु पनि चर्चिच गीतहरु बजारमा छन् । सबैभन्दा धेरै जनमानसमा रुचाईएको गीत नेपाल जिन्दावाद, ओ माया तिमी कहाँ, काठमाण्डौ शहरमा लगायतका गीतहरु निकै चर्चामा रहेका छन् । यु-ट्युवमा गएर सबिन लामा सर्च गरेर पनि नयाँ गीतहरु सुन्न सक्नुहुनेछ । आफ्नो जिवन निरन्तर गीत सँगीतमा लगाउने र गीतहरु सुनेर सल्लाह सुझाव दिन गायक सबिन लामा बताउनुहुन्छ ।
बैशाख १३, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments