सडक दुर्घटनाबाट वार्षिक ४ हजार ६ सयको मृत्यु

सडक दुर्घटनाबाट वार्षिक ४ हजार ६ सयको मृत्यु

accident-1

चैत्र ६ । नेपाल प्रहरीको तथ्यांकअनुसार प्रतिवर्ष देशभरमा करीब २ हजार ४ सय जनाले सडक दुर्घटनामा ज्यान गुमाउँछन् । तथ्यांकमा नपरेका दुर्घटना समेत गर्दा लगभग ४ हजार ६ सय पुग्ने अनुमान छ । सडक दुर्घटनाबाट हुने मृत्युको दश गुणाभन्दा बढीमा ठूला चोटपटक र त्यसको पनि दश गुणाभन्दा बढीमा साना चोटपटक लाग्ने तथ्यांक छ । मंगलवारदेखि राजधानीमा शुरू भएको ‘सडक सुरक्षामा राष्ट्रिय क्षमता अभिवृद्धि’ कार्यशालामा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । कार्यपत्र प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोजकुमार प्रधानले चालकका कारण सबैभन्दा बढी दुर्घटना हुने बताए ।
यसबाहेक सवारीसाधनका समस्या, पैदलयात्रु, सडकको अवस्था तथा अन्य कारणहरूमा क्रमशः १, १, १ र ४ प्रतिशत दुर्घटना हुने गरेको बताइएको छ । त्यसैगरी ५ देखि २९ वर्ष्भित्रको व्यक्ति सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको छ ।
सरोकारवाला सबै निकायहरूको सहकार्यमा एकीकृत ढंगले कार्यक्रम अघि नबढाएसम्म सडक सुरक्षाको अवस्थामा सुधार नआउने मन्त्री महासेठले बताए । यसका लागि सरकारले यात्रु तथा पैदलयात्रुमा जनचेतना र सवारी चालकमा दक्षता अभिवृद्धि, सडक निर्माणमा डिजाइनदेखि नै होसियारी, ट्राफिक संकेतलगायतका पक्षलाई एकीकृत गरी अघि बढाउने योजना बनाएको छ । साथै यसलाई नीतिगत रूपमा व्यवस्थित गर्न सडक सुरक्षा ऐन ल्याउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ ।

चैत्र ६, २०७५ प्रकाशित

Facebook Comments