‘श्री पशुपतिनाथ महोत्सव’ फागुन ३० गतेदेखि चैत ६ गतेसम्म हुने

‘श्री पशुपतिनाथ महोत्सव’ फागुन ३० गतेदेखि चैत ६ गतेसम्म हुने

pasupati--780x405

काठमाडौँ । यही फागुन ३० गतेदेखि चैत ६ गतेसम्म पाशुपत क्षेत्रमा ‘श्री पशुपतिनाथ महोत्सव’ हुने भएको छ । पशुपतिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको संख्या बढाउने उद्देश्यले उतm मेलाको आयोजना गर्न लागीएको बिकास समितीले जनाएको छ ।

श्रीमद्भागवत महापुराण, शिवमहापुराण, संगीतमय महाआरती, शिव पार्वतीको ताण्डवसहितको मूर्ति दर्शन, जन्मदेखि मृत्युसम्मको १६ कर्मको प्रस्तुति, धिमे बाजा प्रतियोगिता, भक्ति संगीत प्रतियोगिता, लोकदोहरी, एक लाख एक शालिग्राम पूजन तथा प्रदर्शन, ट्रेड प्रदर्शनी र धार्मिक पुस्तक प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

महोत्सवका संयोजक केदारमान भण्डारीले हिन्दू धर्मका आधारमा समाजमा हुने गरेको विभेद र छुवाछूतको अन्त्य गरी नयाँ संस्कृतिको निर्माण गर्न महोत्सव अवसर हुने बताउनुभयो । विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ र पशुपतिनाथ ग्वल पूचः समाजले उक्त महोत्सवको व्यवस्थापनमा सहयोग पु¥याउने बताइएको छ ।

नेपाली काँग्रेस ९बिपी० का अध्यक्ष हरिबोल भट्टराईले हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा रहेको पाशुपत क्षेत्रलाई अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्न महोत्सवले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

२०७४ फागुन १४ गते प्रकाशित

Facebook Comments