श्रीलंका आक्रमणमा मृत्यु हुनेको संख्या २०७ पुग्यो

श्रीलंका आक्रमणमा मृत्यु हुनेको संख्या २०७ पुग्यो

srilanka-fire_20190421134752

बैशाख ९ ।  श्रीलंकाका विभिन्न चर्च र होटलमा भएका श्रृङ्खलाबद्ध विष्फोटमा परी मृत्यु हुनेको संख्या २ सय ७ पुगेको मृत्यु भएको छ । ८ स्थानमा भएको विष्फोटमा परि ४ सय बढी घाईते भएका छन् । राजधानी कोलम्बोस्थित कोचिकाडे, नेगोम्बु र बाट्टीकालो चर्चमा ईष्टर पर्वको उत्सवका क्रममा विष्फोट भएको बीबीसीले उल्लेख गरेको छ । यस्तै कोलम्बोस्थित सांग्रीला, सिनामन ग्राण्ड, किङ्गस्बरी र नाम नखुलेको अर्को एउटा होटलमा विष्फोट भएको हो । ईष्टर पर्वको भोजका क्रममा मानिसहरु भेला भएको स्थानमा विष्फोट भएका कारण हाताहती हुनेको संख्या बढेको हो । यसैबीच श्रीलंकामा स्थानीय समयअुनसार साँझ ६ बजेदेखि विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाईएको छ ।

यस्तै, सरकारले मुख्य सामाजिक सञ्जालहरुमा अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीले स्थानीयलाई घरभित्रै रहन आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ । घटनामा संलग्न भएको आशंकामा ७ जनालाई पक्राउ गरिएको छ । आक्रमणको जिम्मा अहिलेसम्म कुनैपनि संगठनले लिएको छैन । यद्यपी आक्रमणमा ईश्लामिक बिद्रोही संगठन आईएसको भुमिका रहेको आंशका गरिएको छ । घटना पछि श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले वक्तब्य जारी गर्दै धेर्यधारण गर्न आफ्ना नागरिकलाई आग्रह गर्नुभएको छ ।

बैशाख ९, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments