शिबदर्शन अस्पताल धार्केले निःशुल्क स्वास्थ्य शिबिर आयोजना गर्ने

शिबदर्शन अस्पताल धार्केले निःशुल्क स्वास्थ्य शिबिर आयोजना गर्ने

rajmarga sanchar

जेठ २५ । धादिङको धुनिबेशिनगरपालिका वडा नम्बर ६ धार्केमा रहेको शिबदर्शन अस्पताल धार्केले निःशुल्क स्वास्थ्य शिबिर आयोजना गर्ने भएको छ । आँखा सम्बन्धि समस्या, महिला रोग, बाल रोग, दन्त रोग, जनरल फिजिसियन लगायतका रोगको निःशुल्क उपचार हुने भएकोले स्वास्थ्य शिबिरमा उपस्थित हुन शिबदर्शन अस्पतालले अनुरोध गरेको छ ।
शिबिरमा बालरोग बिषेशज्ञ सैना प्रजापति, जनरल फिजिसियन डाक्टर रामगोपाल नेमकुल लगायतका ब्यतिmबाट उपचार गरिने छ । शिबिर यहि जेठ ३१ गते शुक्रबारका दिन धुनिबेशि ५ मा रहेको भुबनेश्वरी माध्यमिक बिद्यालयको प्राङगणमा हुनेछ । प्रमुख अतिथीका रुपमा धुनिबेशिनगरपालिकाका प्रमुख बालकृष्ण आचार्य आउनुहुने छ ।
जेठ २५, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments