वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

train

धादिङ, फाल्गुण २१ । वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरिद प्रक्रिया अन्तिम चरणमा र्पुयाएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताउनुभयो ।

यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धा्रित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन । उहाँले रेलले एक घण्टाको समयमा जयनगर–कुर्थाको दूरी पार गर्ने बताउनुभयो । पाँच सय यात्रु बोक्ने रेलले दैनिक सो स्थानमा सेवा दिने मिश्रले बताउनुभयो ।
फाल्गुण २१, २०७५ प्रकाशित

Facebook Comments