विश्वको उत्कृष्ट गन्तव्य सगरमाथा क्षेत्र

विश्वको उत्कृष्ट गन्तव्य सगरमाथा क्षेत्र

Sagarmatha-Photo-Khumbu-pa-1

विश्वको तेस्रो ध्रुवको उपनामले चिनिने सगरमाथा हिमाल विश्वको सवैभन्दा अग्लो शिखर हो । सगरमाथा हिमालको उचाइको मापन सन् १८४५ देखि १८५५ सालभित्र भएको थियो । ब्रिटिस भारतको ट्रिगोनामिट्रिक सर्वेक्षणबाट पत्ता लगाई १५ औं चुलीको रुपमा सार्वजनिकीकरण गरियो । त्यक्तिबेला सगरमाथाको उचाई ८ हजार ८ सय ४८।१३ मिटर भएको घोषणा गरिए पनि सन् १९५० मा नेपालको भुगोलबाट सर्वेक्षण हुँदा सगरमाथा हिमालको उचाई ८ हजार ८ सय ४८ मिटर भएको प्रमाणित भयो ।Sagarmatha-Photo-Khumbu-pa-1 (1)
सन् १९७५ मा भएको चिनीयाँ टोलीको सर्वेक्षणले सगरमाथाको उचाई ८ हजार ८ सय ४८।१३ मिटर भएको भनी दावी गरे पनि सगरमाथाको विश्वभरी सर्वमान्य उचाई ८ हजार ८ सय ४८ मीटरनै कायम भयो । विश्वको सबैभन्दा अग्लो हिमाललाई इतिहासकार बाबुराम आचार्यले सन् १९६५ सालमा सगरमाथा भनी नामाकरण गरेका थिए ।
चिनीयाँ भाषामा सगरमाथालाई कोमोलुङ्गमा, तिब्बती भाषामा मिति गुती चापु लोङ्गमा भनिन्छ । विश्वभर सगरमाथालाई माउण्ट एभरेष्टको नामले चिनिन्छ । भू(सर्वेक्षण विभागका अध्यक्ष कर्नेल सर जर्ज एभरेष्टका नामबाट सगरमाथालाई माउण्ट एभरेष्ट नामाकरण गरिएको हो ।
सगरमाथा हिमाल नेपाल र चीनको सिमानामा २७ डिग्री ५९’१५” उत्तरी अक्षांश र ८६ डिग्री ५५’३९” पूर्वी देशान्तरमा रहेको छ । उत्तरी धु्रव र दक्षिण धु्रवपछि सगरमाथा हिमाललाई तेस्रो धु्रव समेत भन्ने गरिएको छ । सगरमाथा हिमाललाई शेर्पा समुदायले भगवानको रुपमा पूजा गर्दै आएका छन् ।

सगरमाथा हिमाल विश्वको सबैभन्दा अग्लो शिखर हो भनेर विश्वभरी समाचार फैलिएपछि विभिन्न देशका विदेशी नागरिकहरुले यसको शिखर चुमेर विजय गर्ने महत्वकांक्षा योजना बुने । वि।सं। १९४२ सालमा ल्किनटन डेस्टनले सगरमाथा आरोहण गर्ने प्रयास गरेपनि तत्कालिन राणा सरकारले बन्देज लगाएकाले उनको महत्वकांक्षी योजना सफल भएन । ३६ वर्षपछि अर्थात वि।सं। १९७८ सालमा बेलायती नागरिक जर्ज ग्यालोरिको नेतृत्वमा आएको टोलीलाई तत्कालिन राणा सरकारले अनुमति दिएको थियो । तर सो टोलीले पनि सगरमाथाको शिखर चुम्ने महत्वकांक्षी योजना सफल भएन । ४ वर्षपछि अर्थात वि।सं। १९८२ सालमा सो बेलायती टोलीले पुनः सगरमाथा आरोहण गर्ने प्रयास ग¥यो । त्यसबेला नेपालको बाटो भएर सगरमाथा आरोहण गर्न सजिलो ठानिएको थियो । तर ७ हजार मिटरको उचाईमा पुग्दा नपुग्दै आरोहीको मृत्यू भएको थियो ।
यसरी बेलायती आरोहण टोलीको सगरमाथामा मृत्यू भएपछि सगरमाथा आरोहण बन्द गरियो । तर २२ वर्षपछि अर्थात वि।सं। २००४ सालमा बन्दा गरिएको सगरमाथा आरोहण खोलिनु पर्ने चर्को आवाज विभिन्न देशका आरोहीहरुले उठाउन थाले । दुई वर्षपछि अर्थात वि।सं। २००६ सालमा सगरमाथा आरोहण गर्न पुनः खुल्ला गरियो । सगरमाथा आरोहण खुल्ला गरिनसाथ विश्वका विभिन्न देशका आरोहीहरु सगरमाथाको शिखरमाथी विजय हुन पुनः महत्वकांक्षी योजना बनाउन थाले । त्यसै क्रममा ४ वर्षपछि अर्थात वि।सं। २०१० जेठ १६ गते शुक्रबारका दिन नेपालका तेञ्जिङनोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले विश्वको सबैभन्दा पहिलो पटक सगरमाथाको शिखरमा मानव पाईला टेक्ने साहसिक व्यक्तिको नाम लेखाउन सफल भए । सगरमाथा हिमाल आरोहणको इतिहासमा शेर्पा र हिलारीले विश्व कीर्तिमानी कायम गरेका छन् । त्यसपछि सगरमाथा हिमालको आरोहणको क्रममा विभिन्न देशका आरोहीहरुले अनेकौं विश्व कीर्तिमानीहरु कायम गरिसकेका छन् । अझै विश्व कीर्तिमान कायम गर्ने क्रम जारी छ ।

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments