विश्वकप फुटसल खेल्न अर्जेन्टिना जाँदै नेपाली टोली

विश्वकप फुटसल खेल्न अर्जेन्टिना जाँदै नेपाली टोली

mens-world-cup-4-1_D9I2AoeOoa

काठमाण्डौ , चैत्र १४ । नेपाल फुटसल सङ्घले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि आज १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

बाह्रौँ संस्करणको त्यस प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा टोलीको घोषणा गरेको हो । विश्वकप खेल्न नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाल समूह ‘डी’ मा छ । त्यस समूहमा क्यानडा, क्याटलोनिया स्पेन र फ्रान्स छ ।

नेपालले पहिलो खेल यही चैत १८ गते क्यानडासँग खेल्नेछ । दोस्रो खेल क्याटलनासँग यही चैत १९ गते तथा समूहको अन्तिम खेल यही चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । विश्वकप फुटसलमा नेपालले ‘वाइल्ड कार्ड’बाट सहभागिता जनाउन लागेको हो ।
चैत्र १४, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments