विप्लव बन्दको प्रभावले सवारी साधन कम सञ्चालन, यात्रुहरुमा सास्ती, बिभिन्न स्थानमा शँकास्पद बस्तु फेला

विप्लव बन्दको प्रभावले सवारी साधन कम सञ्चालन, यात्रुहरुमा सास्ती, बिभिन्न स्थानमा शँकास्पद बस्तु फेला

banda

असार १० । प्रहरीको गोली लागेर सर्लाहीका आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव धादि, रसुवा, नुवाकोट, मकवानपुर,काठमाडौ लगायत देशभरी प्रभाव परेको छ । अहिले त्रिभुवनराजपथ अन्तर्गत नौबिसे नागढुरगा सडक खण्ड र पृथ्बीराजमार्गमा पनि सामान्य रुपमा सवारी स१चालनमा रहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

अन्य दिनको तुलनामा निकै कम मात्रामा सवारी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । गएको बिहीबार दिउँसो प्रहरीको गोली लागेर सर्लाहीको लालबन्दी–१ लखनदेहीस्थित जंगलको पश्चिम तर्फ रहेको उत्तर–दक्षिण बाटोमा पौडेलेको मृत्यु भएको थियो । घटनाबाट आक्रोशित भएको विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि बन्द आह्वान गरेको हो । उसले प्रहरीले इन्काउन्टर गरेर मारेको आरोप लगाएको छ ।
तर सरकारले भने दोहोरो झडपमा पौडेलको ज्यान गएको बताएको छ । राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा पौडेलको मृत्यु भएको दाबी गरेका छन् । तर सत्तारुढ दलकै सांसदमा विवाद रहेको छ ।
बन्दलाई लिएर सरकारले सुरक्षाव्यवस्था कडा बनाएको छ । यसैबिच ललितपुरको जावलाखेलमा बिहान कालो झोलामा संकास्पद बस्तु भेटिएको छ । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
असार १० गते २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments