वडा कार्यालयलाई ३२ लाखको जग्गादान

वडा कार्यालयलाई ३२ लाखको जग्गादान

XdEqVKjzFdfH48PWvxFk

नुवाकोट, असार २५ । नुवाकोटको लिखु गाउँपालिका–२ का दुईजना स्थानीयले वडा कार्यालय निर्माणका लागि ३२ लाख रुपैयाँ बराबरको जग्गादान गरेका छन् । लिखु गाउँपालिका–२ का सन्जीव लामिछाने र रामकृष्ण नेपालले एकरएक रोपनी जग्गादान गरेका हुन् । अहिले वडा कार्यालय बसेको ठाउँ साँघुरो र वडा नम्बर–२ का बासिन्दालाई अपायक परेको भन्दै आफूले जग्गादान गरेको लामिछानेले बताए । जग्गा नहुँदा वडाले भवन बनाउन सकेको थिएन । सार्वजनिक बाटोका लागिसमेत जग्गा छाड्न तयार नहुने अवस्थामा ३२ लाख बराबरको जग्गादान गर्नु प्रशंसनीय भएको वडाध्यक्ष भीमबहादुर घलेले बताए । लिखु गाउँपालिका–४ बाहेक सबै वडा कार्यालयहरु भाडामा बस्दै आएका छन् ।

असार २५, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments