‘रुमालै छ चिनो’को ‘आमा नबस्नु पर्खेर’ गीत रिलिज

‘रुमालै छ चिनो’को ‘आमा नबस्नु पर्खेर’ गीत रिलिज

susant-in-rumalai-cha-chino

धादिङ, माघ २७ । चलचित्र ‘रुमालै छ चिनो’को ‘आमा नबस्नु पर्खेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोकशैलीको यो गीतमा नायक सुशान्त कार्कीलाई देखाइएको छ । उनको साथमा नायिका संचिता लुइटेल, किशोर खतिवडा लगायतका कलाकारलाई पनि देखाइएको छ । युद्धमा सहभागी भएको एक सिपाहीले घरपरिवारलाई संझिदाको पीडा यो गीतमा देखाउन खोजिएको छ ।

गीतमा विरही कार्कीको स्वर छ । नेपाली लाउरेहरुको कथालाई यो चलचित्रले देखाउन खोजेको छ । नायक सुशान्त कार्कीले इन्डियन लाउरेको भूमिका निर्वाहा गरेको यो चलचित्रमा अप्सना थापालाई नायिकाको रुपमा देख्न सकिन्छ ।
चलचित्रमा रेशम थापाको कथावस्तु रहेको चलचित्रमा चन्द्र बहादुर खड्का, दीपक ढकाल र राम पाण्डेले संयुक्त लगानी रहेको छ । दिनेश सिंह ठकुरीको निर्देशनमा तयार भएको चलचित्र फागूण १० गतेबाट रिलिज हुँदैछ ।

माघ २७,२०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments