रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक बन्द

रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक बन्द

mailung

रसुवा । वर्षाको समयमा दुर्घटनाको जोखिम उच्च भएका कारण रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक खण्ड बन्द भएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले वर्षाको समयमा पहिरो जाने भएकाले दशैँ अगाडिसम्म सवारी सञ्चालन गर्न नसकिने जनाएको छ ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

शुक्रबार परेको पानीका कारण सडक खण्डको त्रिशूली खोलाको हिमपाइप बगाएको छ । योजना प्रमुख नारायण दत्त भण्डारीले हिमपाइप बगाएपछि सवारी सञ्चालन रोकिएको बताउनुभयो । उहाँका अनुसार दशैँसम्म पासाङल्हामु मार्गको बेत्रावती धुन्चे सडक खण्डको प्रयोग गर्न सकिने छ ।

२०७६ असार २२ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments