यू–१९ विश्वकप एसिया छनोट : नेपालको शानदार जित

यू–१९ विश्वकप एसिया छनोट : नेपालको शानदार जित

Nepal_U19_Cricket_Team_0YBXwIVZwB

काठमाडौं, चैत २९ । नेपालले ‘यु–१९’ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दैै प्रतियोगितामा शानदार सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २८२ रनको योगफल खडा गरेको थियो । २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरले नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनका कारण ६५ रनमा सीमित रह्यो ।

सिंगापुरलाई सस्तोमै समेट्न पवन शर्राफले तीन विकेट लिए । ६ ओभर बलिङ गरेका उनले मात्र पाँच रन दिएका थिए । त्यस्तै कुशल मल्ल र सुर्य तामाङले दुई–दुई विकेट लिए । रशिद खानले एक विकेट हात पारे । कसिलो बलिङ गरेका नेपाली बलरहरुले १२ ओभर मेडन राखेका थिए । पवन शर्राफ एक्लैले पाँच ओभर मेडन राखे । कुशल मल्लले तीन, सुर्य तामाङले दुई र रशिद खान तथा सागर ढकालले एक–एक ओभर मेडन राखे ।
सिंगापुरका लागि इशान सवनेले २८ र साइ भेनुगोपालले १८ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि नेपालका लागि रोहितकुमार पौडेलले कप्तानी पारी खेल्दै ९५ रन बनाए । त्यस्तै रशिद खानले ४८ र पवन शर्राफले ४७ रन बनाएका थिए ।
चैत्र २९, २०७५ प्रकाशित

Facebook Comments