यस्तो छ प्रदेश ३ सरकारको बजेट विनियोजन विधेयक (पूर्ण पाठसहित)

यस्तो छ प्रदेश ३ सरकारको बजेट विनियोजन विधेयक (पूर्ण पाठसहित)

60018905_343005066397792_5490614770195234816_n-1_BYOyvxaNLy

जेठ २ ।  प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि बजेट विनियोजन विधेयक पेस गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विधेयक प्रदेश सभामा पेस गर्नुभएको हो । बजेट विधेयकमा सरकारले गर्ने कामको प्राथमिकता पनि तोकिएको छ ।

प्रदेश समृद्धिको आधार स् श्रम, सिर्जना, उत्पादन र रोजगारु भन्ने नारा विधेयकमा दिइएको छ । प्रदेशका एक सय १९ वटा स्थानीय तह र ६६ निर्वाचन क्षेत्रसँग विकासमा सन्तुलन हुने गरी काम गरिने ढुंगेलले बताउनुभयो । पर्यटन, ऊर्जा, उद्योग सेवा लगायतका क्षेत्रमा आन्तरिक तथा वैदेशिक लगानीका लागि नीतिगत व्यवस्था गरिने प्रस्तुत विधेयकमा उल्लेख छ ।

प्रदेश ३ लाई लगानीको आकर्षक स्थल बनाइने उहाँले बताउनुभयो । प्रदेशमा विद्यमान गरिबी न्यूनिकरण र खाद्यान्न अभावको अन्त्य गर्ने आगामी वर्षको बजेटमा केन्द्रित रहने उहाँले बताउनुभयो । आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी आर्थिक क्रियाकलापमा सहभागी हुने अवसर सिर्जना गरिने सरकारको योजना छ । प्रदेशलाई औद्योगिक प्रदेशको रुपमा अगाडि बढाइने सरकारको योजना छ । शिक्षालाई उद्यमशिलता तथा उत्पादन, श्रम, एवं स्थानीय अर्थतन्त्र र रोजगारी वृद्धिसँग आबद्ध गरिने मन्त्री ढुंगेलले बताउनुभयो ।

प्रदेश नम्बर–३ सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट विनियोजन विधेयकको पूर्ण पाठ पढ्नुहोस् :

विनियोजन विधेयक, २०७६ को सिद्धान्त र प्राथमिकता

जेठ २, २०७६ प्रकाशित 

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments