मेलम्ची आयोजना थप संकटमा, सीएमसीसँगको ठेक्का सम्झौता तोडियो

मेलम्ची आयोजना थप संकटमा, सीएमसीसँगको ठेक्का सम्झौता तोडियो

melamchi_project_3BCVBXl5pF

माघ २५, धादिङ । सरकारले मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसी दि रेभिना कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ । बुधबार सिंगापुरमा भएको वार्ता सकारात्मक नभएपछि सीएमसीसँगको ठेक्का तोडिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

Melamchi_Xpnm5gexjQ

काम पूरा नगरी हिँडेको सीएमसीलाई जवाफ पेश गर्न माघ ६ गते १४ दिनको समय दिइएको तर कम्पनीले चित्तबुझ्दो जवाफ नदिएको र पटक पटकका वार्तामा गैरजिम्मेवारपूर्वक प्रस्तुत भएकाले ठेक्का सम्झौता तोडिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सीएमसीसँगको ठेक्का तत्कालै नतोडेमा मेलम्ची आयोजनाको काम थप प्रभावित हुने भएकाले यस्तो निर्णय गरिएको कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिनुभयो । सीएमसीसँगको ठेक्का तोडिएसँगै मेलम्ची योजना थप संकटमा परेको छ ।

Melamchi_1_BzFgONuOxN

माघ २५, २०७५ प्रकाशि

Facebook Comments