मेटिए जेब्राक्रसिङ

मेटिए जेब्राक्रसिङ

धादिङको धार्केमा मेटिएको जेब्राक्रसिङधादिङको धार्केमा मेटिएको जेब्राक्रसिङ

धादिङ । धादिङको राजमार्ग क्षेत्र र सदरमुकामका जेब्राक्रसिङ मेटिएका छन् । केहि साता अघि मात्र ट्राफिक प्रहरीले अभियानको ?पमा भन्दै बनाएको जेब्राक्रसिङ मेटिएको हो । अधिकाँश ठाउँका जेब्राक्रसिङ साता दिनमै मेटिएका छन् भने केहि ठाउँमा केहि रेखा मात्र बाँकी छ । जेब्राक्रसिङ बनाएदेखी नै यसको आकार सानो भएको, उपयुक्त स्थान छनौट नगरि बनाएको भन्दै स्थानियह?ले गुनासो गरेका थिए ।

धादिङको खानीखोला, नौबिसे, धार्के, महादेववेशी, गल्छि लगायत सदरमुकाम धादिङबेशीमा बनाएको जेब्राक्रसिङ लगभग मेटिईसकेको छ । केहि दिनमै मेटिने जेब्राक्रसिङ बनाएर पैदलयात्रुलाई भ्रम छरेको भन्दै स्थानियले गुनासो गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण राज सापकोटाले सडक विभागले सहयोग नगरेकाले आफुहरुले नै जेब्राक्रसिङ बनाएको बताएका थिए । अहिले भने सडक विभागकै समन्वयमा आदमघाटमा जेब्राक्रसिङ बनाईएको र अन्य मेटिएका ठाउँमा पनि फेरी बनाईने बताएका छन् ।

शाखा डिभिजन सडक कार्यालय गजुरीका ईन्जिनियर हरी कुमार ठकुरीले जेब्राक्रसिङ बनाउने काम सडक विभागको नै भएकाले आवश्यक ठाउँमा बनाईने बताएका छन् ।

२०७५ बैशाख २८ गते प्रकाशित

Facebook Comments