मूल्य समायोजनपछि निगमको पाक्षिक नाफा ७ करोड, इन्धनमा भने मूल्यवृद्धि

मूल्य समायोजनपछि निगमको पाक्षिक नाफा ७ करोड, इन्धनमा भने मूल्यवृद्धि

nigma

काठमाडौँ । नेपाल आयल निगमले नाफा राखेर इन्धनको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ १० पैसा र डिजेलमा २ रुपैयाँ ५७ पैसा बढेको छ।

मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ११ रुपैयाँ ५० पैसा र डिजेलको ९८ रुपैयाँ कायम गरेको बताए। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। मूल्य समायोजनपश्चात् निगमको पाक्षिक नाफा करिब ७ करोड रुपैयाँ छ। सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो।

२०७६ बैशाख २० गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments