माथिल्लो त्रिशुली थ्रि ‘ए’ आयोजनाको ८५ प्रतिशत काम सम्पन्न

माथिल्लो त्रिशुली थ्रि ‘ए’ आयोजनाको ८५ प्रतिशत काम सम्पन्न

radio rajmarga

फागुन ३ गते  ।  माथिल्लो त्रिशुली थ्रि ‘ए’ ले आगामी असार भित्र विद्युत उत्पादन सुरु गर्ने भएको छ । रसुवामा बाँध र नुवाकोेटमा विद्युतगृह रहेको आयोजनाको ८५ प्रतिशत काम सकिएको छ । ६० मेगावट क्षमताको आयोजनाले चालु आर्थिक वर्ष भित्र दुई वटै युनिटबाट उत्पादन सुरु गर्ने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए । आयोजनाका अनुसार सिभिल तर्फ ९८ प्रतिशत, हाइड्रोमेकानिकल तर्फ ६५ प्रतिशत र इलेक्ट्रोमेकानिकल तर्फ ३५ प्रतिशत काम सकिएको छ ।

इलेक्ट्रोमेकानिकल तर्फको काम सुरु भएको आयोजनाले जनाएको छ । आयोजनामा ड्याम साइडको फिनिसिङ र गेट निर्माण लगायतका काम भइरहेको छ । वर्षा र चिनियाँ नयाँ वर्षका कारण निर्माण कार्य केही दिन प्रभावित बनेको थियो । अहिले कामदार काममा फर्किसकेका छन् । आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो ।
फागुन ३ गते ,२०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments