माघ २२ प्रदेश नंबर ३ सरकारले सार्वजनिक विदा दिने निर्णय

माघ २२ प्रदेश नंबर ३ सरकारले सार्वजनिक विदा दिने निर्णय

letter

 

तामाङ जातीको वाहुल्यता रहेको प्रदेश नंबर ३ मा तामाङहरुको महत्वपूर्ण पर्वको रुपमा रहेको ल्होछारको अवसरमा सार्वजनिक विदा दिएको छ । माघ २२ गते पर्ने २८५५ औँ सोनाम ल्होछारको अवसरमा प्रदेश नंबर ३ सरकारले सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको हो ।गत माघ ९ गतेको मन्त्रीपरिषदको बैठकले विदा दिने निर्णय भएको हो ।

ल्होछारको अवसरमा विदा दिनुपर्ने भन्दै नेपाल तामाङ घेदुङ संघ सहितका संघसस्थाले मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र समेत बुझाएका थिए । उनीहरुले गणतन्त्र नेपालमा सबै जातधर्मलाई सम्मान हुनुपर्ने र उनीहरुको महत्वपूर्ण चाडपर्वलाई राज्यले सम्मान गर्नुपर्ने माग समेत राखेका थिए ।


माघ २० , २०७५ मा प्रकाशित

Facebook Comments