महादेववेशीमा ट्याक्टर पल्टेर किच्दा ३ वर्षे बालकको ज्यान गयो

महादेववेशीमा ट्याक्टर पल्टेर किच्दा ३ वर्षे बालकको ज्यान गयो

10
tractor

महादेववेशी । धादिङको थाक्रे स्थित समनटारमा ट्याक्टर पल्टिएको छ । महादेववेशीबाट आग्राखोला तर्फ जाँदै गरेको ना ५ त ३१४० नम्बरको ट्याक्टर समनटारमा पल्टेर सोहि ट्याक्टरले किच्दा बालकको मृत्यु भएको स्थानिय पुरुषोतम थापाले नागरिकपाटीलाई जानकारी दिएका छन् । मृत्यु हुनेमा चितवन घर भएका रमेश कुमार राई र बिमला राईका ३ वर्षिय छोरा सोहन राई रहेका छन् । बालक राई मामाघर आएका थिए । मामाघर आएको बेला उक्त दुर्घटना भएको हो ।

बिहान करिब १०ः३० बजे भएको घटना पछि प्रहरी, स्थानिय सरोकारवाला, र गाडीको व्यक्ति बसेर दोषीलाई कानुन अनुसार कारवाही र पिडीतलाई न्याय दिलाउने प्रतिवद्धता सहित पोष्टमार्टका लागि गजुरी लगिएको छ । चालक र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ ।
२०७५ बैशाख १ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण