महाकाली माबि सिम्लेको प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुका आमाहरुलाई एकताबद्ध गरि आमा समूह गठन

महाकाली माबि सिम्लेको प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुका आमाहरुलाई एकताबद्ध गरि आमा समूह गठन

simle mabi

जेठ २५ । महाकाली माध्यमिक विद्यालयको प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुका आमाहरुलाई एकताबद्ध गरि आमा समूह गठन गरिएको छ । प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक उपलब्धि गुणस्तरीय बनाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै विद्यालयको पठनपाठन अनुगमन गर्न आमाहरुसग विद्यालयले विद्यालय आमा समूह शैक्षिक साझेदारी अभियान चलाउन लागेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो ।

यो साझेदारी अभियान माथिल्लो तअमा समेत सञ्चालन हुने समेत जानकारी दिनुभयो । उक्त अभियानलाई विद्यालयका प्रअ कृष्णप्रसाद अर्यालले सहजीकरण गर्नुभएको थियोे । अभियानमा विद्यालयको ECD देखि कक्षा ५ सम्मका विद्यार्थीहरुका ५४ जना आमाहरुको उपस्थिति रहेको थियोे । उक्त भेलाले विद्यालय-आमा समूह शैक्षिक साझेदारी अभियानका लागि निम्नानुसार १२ सदस्यीय पदाधिकारी चयन गरेको छ ।
संयोजक तथा टोल प्रतिनिधिहरु
१. संयोजक : रिता रिजाल, थाक्रे २ सिम्ले
२. विमला रिजाल – थाक्रे २, देउराली
३. ललिता रिजाल – थाक्रे १, सुवाँरा
४. सुचना अधिकारी – थाक्रे २, कटरे चौतारा
५. देवकी अर्याल- थाक्रे-२, कल्छे
६. रमिला परियार – थाक्रे- २,घलेगाँउ
७. संगिता कार्की- थाक्रे- २, लामागाँउ
८. सिर्जना रिजाल- थाक्रे- २, कोइराले
९. सुनिता तामाङ- थाक्रे- ११, मान्खुटार
१०. अस्मिता तामाङ- थाक्रे -११, लामखोरिया
११. रिता रिजाल- थाक्रे- २, सिम्लेबजार
१२. इन्दिरा राई- थाक्रे- १, पिपलडाँडा

जेठ २५, २०७६ प्रकाशित 

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments