मनपरी भाडा असुली गरेको भन्दै विद्यार्थी संगठनहरुको विरोध

मनपरी भाडा असुली गरेको भन्दै विद्यार्थी संगठनहरुको विरोध

hamrokhabar

असार १४ । रसुवामा सार्वजनिक यातायातले मनपरी भाडा असुली गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका छन् । पासाङ ल्हामु मार्गको रसुवा खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातले गरेको मनपरी भाडा असुली गरेको भन्दै जिल्लामा क्रियाशील विद्यार्थी संगठनले विरोध गरेका हुन् ।
जिल्लामा तीन वटा कम्पनीले सवारी सञ्चालन गरेको र तीनै वटा कम्पनीका सवारी साधनले आ–आफ्नो तरीकाले भाडा असुल गर्ने गरेको आरोप विद्यार्थीहरुको छ । सरकारले व्यवस्था गरेको परिचयपत्र वापतको छुट दिनुपर्ने, सम्पूर्ण सवारी साधन कम्पनीमा दर्ता हुनुपर्ने र सुपर, डिलक्स तथा एसीको नाममा अतिरिक्त सेवा असुली गर्ने कार्य बन्द गर्नुपर्ने माग उनीहरुको छ । मनपरी भाडा असुली बन्दको माग गर्दै संगठनले रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । समयमै माग सम्बोधन नगरिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष अर्जुन पौडेलले बताउनुभयो ।
असार १४ गते २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments