भ्यालेन्टाइन डेको अवसरमा निकालिएका गीतहरु

भ्यालेन्टाइन डेको अवसरमा निकालिएका गीतहरु

valantine

काठमाडौं, २७ माघ । भ्यालेन्टाइन डेको अवसर पारेर गायक सम्पथ ढकाल ‘सन्तोष’ले ‘सातौँ जनम’ बोलको गीत ल्याएका छन्। मायाप्रेमको विषयमा केन्द्रित रही तयार पारिएको गीतमा स्वर, शब्द तथा संगीत पनि गायक ढकालकै छ। विशाल निरौलाले एरेन्ज तथा मिक्सिङ गरेको गीतको भिडियो निर्देशन दीपक अधिकारीले गरेका छन्। भिडियोको सम्पादन विजयराज भुर्तेलले गरेका छन्। सातौँ जनमसँगै बाँच्ने कसम खाएको भावमा मोडल आवाज गुरुङ र सुशिक्षा पराजुलीले अभिनय गरेका छन्। गीतको भावअनुसार नगरकोटको सुन्दर दृश्यलाई भिडियोमा कैद गरिएको निर्देशक अधिकारीले बताए। वासु बरालले छायांकन गरेको उक्त गीत ओएसआर डिजिटलबाट शनिबार रिलिज गरिएको गायक ढकालले बताए।

नेपाली सुगम संगीतका लोकप्रिय गायक शिव परियारको नयाँ गीत ‘तिमि नै मेरो सास हौ’ को भिडियो सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको ‘तिमि नै मेरो सास हौ’ गीत प्रेम दिवसमा आफ्नो दर्शक तथा स्रोतालाई उपहार लिएर आएको गायक परियारले बताए ।

सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरलको संगीत तथा एरेन्ज रहेको छ । गीतमा आसुको अर्थ बाट निकै चर्चामा आएका जोडी स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् । यहि जोडीको अभिनय, शिवकै स्वर र शिवकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको ‘आशुको अर्थ’ बोलको गीतले केहि समय अघि मात्रै १ करोड बढि भ्युज पाएको थियो । गायक शिव परियारको शिवालय एल्बममा समाबेश उक्त गीतमा अहिलेका चर्चित तथा लोकप्रिय नायक नायिकाको खुलस्त रोमान्स देख्न सकिन्छ ।

सुहाना क्रियसनको प्रस्तुति रहेको सो भिडियो लोभलाग्दो र आकर्षक बनेको छ । बुद्ध थापाले छायांकन गरेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।भिडियोलाई शिवले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

 

 

माघ २७,२०७५ प्रकाशित

Facebook Comments