भारत लैजाँदै गरेको ३ सय ६० किलो चरेशसहित ३ जना पक्राउ

भारत लैजाँदै गरेको ३ सय ६० किलो चरेशसहित ३ जना पक्राउ

chareshaa

धादिङ, माघ २७ , प्रहरीले धादिङको गजुरीमा भारतीय कन्टेनरबाट ठूलो मात्रामा चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय लागू औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले ३ सय ६० किलो चरेशसहित ३ जनालाई पक्राउ गरेको हो । सो चरेश भारत लैजान लागिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत मोतिहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारा छन् ।

माघ २७,२०७५ प्रकाशित

Facebook Comments