भारतमा जारी लोकसभा निर्वाचनमा तेस्रो चरणको मतदान हुँदै

भारतमा जारी लोकसभा निर्वाचनमा तेस्रो चरणको मतदान हुँदै

indiaindia

बैशाख १० । भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान भइरहेको छ । १३ राज्य र दुई केन्द्रशासित प्रदेशका १ सय १७ लोकसभा सिटका लागि मतदान भइरहेको हो । गुजरातका २६, केरलाका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, ओडिसाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५, दमन–दीवको १, दादर नगर हवेलीको १ र जम्मू–कस्मिरको १ सिटका लागि मतदान भइरहेको हो । १ सय १७ सिटका लागि १ हजार ६ सय १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यीमध्ये राष्ट्रिय दलका ३ सय १४, क्षेत्रीय दलका ७६, मान्यता प्राप्त नगरेका दलका ४ सय ९२ र स्वतन्त्र ७ सय १२ जना उम्मेदवार मैदानमा छन् । दुई प्रमुख पार्टी भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसका अध्यक्षको चुनावी क्षेत्रमा पनि आज मतदान भइरहेको छ । कांग्रेस अध्यक्ष राहुल गान्धी यो चरणमा केरलको वायनाड संसदीय क्षेत्रबाट चुनावी मैदानमा छन् । यस्तै भाजपा अध्यक्ष अमित शाह गुजरातको गान्धीनगरबाट चुनावी मैदानमा उत्रिएका छन् । राहुल गान्धी केरलको वायनाडबाट चुनावी प्रतिस्पर्धामा रहेको यो पहिलोपटक हो ।
बैशाख १०, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments