बिप्लव बन्दको प्रभाव : बिभिन्न ठाउँमा बम फेला, राजमार्गमा स्कटिङमा सवारी सञ्चालन

बिप्लव बन्दको प्रभाव : बिभिन्न ठाउँमा बम फेला, राजमार्गमा स्कटिङमा सवारी सञ्चालन

banda

जेठ १३ ।  आज बिप्लवको बन्दले जनजिवन प्रभाबित भएको छ । पृथ्वीराजमार्ग तथा त्रिभुवन राजपथमा सवारी साधनहरु प्रहरीको स्कर्टिङमा सञ्चालनमा रहेका छन् । बन्दको अघिल्लो दिननै बिप्लवले बिभिन्न स्थानमा बिस्फोट गराएको छ । आज बन्दको दिनमा पनि बिभिन्न स्थानमा बम भेटिएका छन् । धादिङको थाक्रे गाउँपालिका महादेबेशिमा रहेको आग्रा खोला पुल मुनि बम भेटिएको महादेवबेशि प्रहरी पोस्टले जानकारी दिएको छ ।
बमलाई नेपाली सेनाले डिस्पोज गराएको छ भने धुनिबेशिनगरपालिका नौबिसेमा पनि बम भेटिएको र डिस्पोजल गरिएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । नौबिसेमा बम भेटिए पछि राजमार्ग पुर्ण रुपमा अबरुद्ध गरिएको थियो । अहिले भने प्रहरीको स्कर्टिङमा सवारी सञ्चालन भईरहेको खानीखोला प्रहरी, गजुरी प्रहरी साथै जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । साथै अन्य स्थानमा पनि बम भेटिन सक्ने भन्दै प्रहरीले सुरक्षा ब्यबस्था कडा पारेको प्रहरीले बताएको छ ।
काठमाण्डौमा हिजो आइतबार भएका विस्फोटमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । अरु ७ जना घाइते भएका छन् । काठमाण्डौको सुकेधाराको ढलाने पुल नजिकै सैलुनमा भएको विस्फोटमा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएपछि ज्यान गुमाउनेको संख्या ४ पुगेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । यसअघि सुकेधारामा भएको विस्फोटमा २ जना र अनामनगर नजिकै घट्टेकुलोको एउटा घरको कोठामा विस्फोट हुँदा १ जनाको ज्यान गएको थियो ।
मृतक चारै जना नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस्तै काठमाण्डौकै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम बोकेर हिड्दै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन् ।
यसैबीच घट्टेकुलोमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।
यसैक्रममा आज बिहान हेटौंडाको चौकीटोलमा एउटा ट्रक आगजनी गरेका छन् । त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकीटोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले जानकारी दिएका छन ्। आगजनीका कारण गाडीका पूर्णरूपमा जलेको छ ।
यसैगरी बन्दको पूर्ब सन्ध्यामा आज बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखिएको थियो । बम राखेको थाहा पाउने बित्तीकै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको भट्टराईले बताए ।
यसैबीच गृहमन्त्री रामबहादुर थापाले काठमाण्डौ उपत्यका लगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । काठमाण्डौमा हिजो विस्फोटपछि आकस्मिक रुपमा गृह मन्त्रालयमा बसेको बैठकमा उहाँले घटनाबारे विस्तृत अनुसन्धान गर्न र सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ ।

जेठ १३, २०७६ प्रकाशित 

 

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments