बाघ भैरव आधारभूत बिद्यालयमा शिक्षक बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

बाघ भैरव आधारभूत बिद्यालयमा शिक्षक बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

53784024_357453931646910_6675882665645703168_n

फाल्गुण ३० । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १० मा अबस्थित बाघ भैरव आधारभूत बिद्यालयमा शिक्षक बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयमा ३० बर्षदेखि अध्यापन गराउँदै आउनुभएका प्रधानाध्यापक मिनप्रसाद पौडेललाई बिबिध कार्यक्रमकाबिच बिदाई गरिएको हो ।  यसैगरी बिद्यालयमा लामो समयदेखि बिद्यालय ब्यबस्थापन समीतीका पुर्ब अध्यक्ष लाई पनि दोसल्ला तथा प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा आउनुभएका थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बिद्यालयको प्रगतिको कामना गर्दै गाउँपालिका बिद्यालयका हरेक काममा साथमा रहेको बताउनुभयो । यसैगरी बिषेश अतिथीका रुपमा आउनुभएका थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपपाखेतिले बिद्यालयलाई आबश्यक सहयोग गर्न गाउँपालिका सदैव तयार रहेको बताउनुभयो ।
कार्यक्रममा स्काउटका कपडा पनि बितरण गरिएको छ । साथै बिद्यालयमा नयाँ भर्ना हुने बिद्यार्थीका लागी पोषाक निः शुल्क रहेको समेत बिद्यालयले जानकारी दिएको छ ।

फाल्गुण ३०, २०७५ प्रकाशित

Facebook Comments