बर्खे अधिवेशन वैशाख १६ मा

बर्खे अधिवेशन वैशाख १६ मा

289174553Parliament_1

बैशाख ८ ।  संघीय संसद्को बजेट अधिवेशन वैशाख १६ गते बस्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते ९ दिनका लागि चीन भ्रमणमा निस्कने भएका कारण अधिवेशन चाँडो बोलाउने तयारी भएको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ।

अधिवेशन तयारीसँगै बजेटमा आफ्ना योजना पार्न फाइल बोकेर सांसदहरु अर्थदेखि विभिन्न मन्त्रालय धाइरहेका छन्। प्रधानमन्त्री केपी ओलीले पनि बजेटका सिद्धान्त र आधारबारे सांसदहरुसँग सुझाव संकलन गरिरहेका छन्। प्रदेश नम्बर १ र ७ का सांसदसँग छलफल गरिसकेका प्रधानमन्त्री ओलीले केही दिनभित्रै अन्य प्रदेशका सांसदसँग छलफल गर्दैछन्।

संसद्को अर्थ समितिका पदाधिकारी प्रिबजेट छलफलअन्तर्गत देश दौडाहामा छन्। सातवटै प्रदेशबाट संकलित सुझावको प्रतिवेदन बनाएर अर्थ मन्त्रालयलाई बुझाइने अर्थ समिति सभापति कृष्ण दाहालले जानकारी दिए। प्रधानमन्त्री ओली कम्बोडिया र भियतनाम भ्रमणमा जाने भएकाले बजेटका प्राथमिकता र सिद्धान्तबारे सांसदहरूसँग छलफल गरेको प्रधानमन्त्री निकट स्रोतले बतायो।

बैशाख ८, २०७६ प्रकाशित

 

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments