बन्चरेडाँडामा स्यानेटरी ल्यान्डफिल

बन्चरेडाँडामा स्यानेटरी ल्यान्डफिल

dhading-lyandafil-bancharedada_20190426015438

बैशाख १३ । धादिङ र नुवाकोटको सीमामा पर्ने बन्चरेडाँडामा स्यानेटरी ल्यान्डफिल साइटको शिलान्यास भएको छ। सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले यसको बिहीबार शिलान्यास गरेका हुन् । काठमाडौं उपत्यकाको फोहोरलाई दीर्घकालीन रूपमा व्यवस्था गर्न नयाँ ल्यान्डफिल साइट बनाउन लागिएको हो। हालको फोहोर व्यवस्थापन भइरहेकै नुवाकोटको औखरपौवा सिसडोल भरिएकाले थप फोहोर फाल्ने ठाउँका अभाव हुन थालिसकेको छ । अबको दुईतीन महिनापछि सिसडोलमा फोहोर फ्याक्ने क्षमता सकिने भए पनि नयाँ विकल्पको पूर्वाधार भने अझै तय भएको छैन ।

दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न बन्चरेडाँडालाई स्यानेटरी ल्यान्डफिल बनाउने निर्णय गरिएको हो। ‘अब यो स्थानमा कोशी लुम्बिनी निर्माण कम्पनीले साइट भवन, फोहोर फाल्ने पूर्वाधार तय गर्नेछ’, सहरी विकासमन्त्री राईले भने। उनका अनुसार तत्कालै फोहोर फाल्ने व्यवस्थाका लागि आवश्यक पूर्वाधार बनाउन सहरी विकास मन्त्रालयले लगाएको पहिलो चरणको ठेक्का लागिसकेको छ।

बञ्चरेडाँडालाई स्यानेटरी ल्यान्डफिल्ड साइटमा अबको दुई महिनामा नै फोहोर व्यवस्थापन गर्न सकिने गरी पूर्वाधार बन्नेछ। फोहोर फ्याक्दै जाने व्यवस्था तत्काल मिलाउँदै। यसको योजनाअनुसार पूर्ण पूर्वाधार बनिसक्न भने दुई वर्ष लाग्नेछ। अहिले फालिने फोहोरबाट दूर्गन्ध फैलन नदिन र त्यसबाट निस्कने दुषित पदार्थ ९लिचर्ड०को व्यवस्थापन गर्न पनि मन्त्रालयले नै पूर्वाधार बनाउने भएको छ।

बन्चरेडाँडामा सरकारले अधिग्रहण गरेको १७ सय रोपनीमध्ये १०४ रोपनी क्षेत्रफलमा रहेको बन्चरेडाँडाको आधार क्षेत्रमा पूर्वाधार बन्नेछ। बन्चरेडाँडामा व्यवस्थित फोहोर फाल्नकै लागि कोल्पु खोलालाई डाइभर्ट गरिएको छ। मन्त्रालयले पहिलो चरणको पूर्वाधारका लागि ४८ करोड रुपैयाँमा ठेक्का लगाएको जानकारी सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले दिए।

फोहोर व्यवस्थापन गर्न बन्चरेडाँडामा २० हजार लिटर दुईवटा दुषित तरल पदार्थ जम्मा हुने ट्यांकी बन्नेछ। यही स्थानमा खोला जोगाउन ३० मिटर अग्लो ड्याम बन्नेछ। लिचर्डलाई खोलामा नपार्न सोही फोहोरको क्षेत्रमा नै विलय गर्ने व्यवस्था हुने सहरी विकास मन्त्रालयका सीडीई मनोज मुनकर्मीले जानकारी दिए ।
बैशाख १३, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments