फेरि एकसाथ रणबीर र सोनम

फेरि एकसाथ रणबीर र सोनम

sanju_first

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जू’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरिरहेका रणबीर कपूर र अभिनेत्री सोनम कपूर एक साथ देखिएका छन् । पोस्टरमा सोनम र रणबीरको जोडी निकै सुन्दर देखिएको छ ।

सञ्जय दत्तको जीवनीमा बनेको यस बायोपिकमा अभिनेता रणबीर कपूर सञ्जय दत्त बनेका छन् । फिल्ममा सञ्जय दत्तकी प्रेमिका टिना मुनीमको भूमिका सोनम कपूरले निर्वाह गरेकी छिन् । यसअघि फिल्मको टिजर सार्वजनिक भइसकेको छ भने फिल्मको ट्रेलर मे २९ मा रिलिज हुनेछ ।

यो फिल्मको निर्देशन राजकुमार हिरानीले गरेका छन् । फिल्म ‘सञ्जु’ जून २९ मा प्रदर्शन हुनेछ ।

२०७५ जेठ ११ गते प्रकाशित

Facebook Comments