फिल्म ‘हिरोज’ चैत्र २३ देखि देशब्यापी प्रदर्शनमा आउने

फिल्म ‘हिरोज’ चैत्र २३ देखि देशब्यापी प्रदर्शनमा आउने

heroz-cover

काठमाण्डौँ । नायिका करिश्मा मानन्धर अभिनीत नयाँ फिल्म ‘हिरोज’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको यो फिल्म चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । फिल्ममा करिश्मा सँगै जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् । एनबि महर्जन फिल्मका निर्देशक हुन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मको द्वन्द्व निर्देशन शंकर महर्जनको रहेको छ । बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको छ ।

 

Facebook Comments