फिल्म ”बटरफ्लाइ’को ट्रेलर रिलिज

फिल्म ”बटरफ्लाइ’को ट्रेलर रिलिज

butterfly-priyanka-and-aryan-696x431

काठमाण्डौँ । फिल्म ”बटरफ्लाइ’को ट्रेलर रिलिज भएको छ । युट्युवमा रिलिज ट्रेलरमा अभिनेताआर्यन र अभिनेत्री प्रियंका कार्कीको प्रेमभाव झल्केको छ । एक दृश्यमा आर्यनले प्रियंकाको लिप्स चुम्छन् । ट्रेलरमा प्रेम, रोमान्स र रोदन हाबी छ । पौष २८ लाई प्रदर्शन मिति तय भएको फिल्मको यसअघि नै सार्वजनिक ‘म गाउँदिन अब गीत’ बोलको गीत हिट लिस्टमा परिसकेको छ । फिल्ममा प्रियंका र आर्यनसँगै अर्पण थापा, सुस्मा कार्की, रविन्द्र खड्का, सुरविर पन्डित, मोहन निरौला लिड रोलमा छन् । ओम प्रतिक गुरुङ निर्देशित फिल्ममा अर्जुन पोखरेल, विकास चौधरी र दिपक शर्माले संगीत, एक्सन कुमार महर्जनको छ कोरियोग्राफीको जिम्मा कविराज गहतराजले सम्हालेका छन् । सुरेश बज्राचार्यले खिचेको ‘बटरफ्लाइ’को कथा निर्देशक गुरुङको नै हो ।


Facebook Comments