फियान नेपालको ११औं साधारण सभा धादिङको गल्छीमा सम्पन्न

फियान नेपालको ११औं साधारण सभा धादिङको गल्छीमा सम्पन्न

50255270_10210918969330574_309222041695813632_n

गल्छी । फुड फस्र्ट इन्फरमेशन नेटवर्क ( फियान नेपाल)को ११ औं साधारण सभा तथा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ कार्यन्वयनमा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।50398058_10210918968650557_2767689368062656512_n
धादिङको गल्छीमा सम्पन्न भएको कार्यक्रमलाई सम्वोधन गर्दै सांसदहरुले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ कार्यन्वयनमा शशक्त पहल गर्ने सांसदहरुले प्रतिवद्धता जनाएका छन् । खाद्य अधिकारको प्रत्याभूति र सुनिश्चितताको लागि पैरवी तथा वकालत गर्दै आएको फियान नेपालको ११औं साधारण सभाको अवसर पारेर कार्यक्रममा सहभागी सांसदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
संस्थाका कार्यकारी निर्देशक अशोक वहादुर सिंहले कार्यक्रममा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ कार्यन्वयनमा सरोकारवालाको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमका सहभागीहरुले कार्यपत्र माथि आ–आफ्नो धारणा राखेका थिए ।खाद्य अधिकारको प्रत्याभूति र सुनिश्चितताको लागि वकालत तथा पैरबी गर्दे आएको फियान नेपालले धादिङ लगायत विभिन्न जिल्लामा क्रियाशिल रही जसको सवाल उसैको नेत्तृत्व स्थापितका लागि पहल गर्दै आईरहेको छ ।


२०७५माघ ०६ गते प्रकाशित

Facebook Comments